Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

नेपाल आइपुगे एनपीएल हेर्न विश्व चर्चित क्रिकेटर लारा

नेपाल आइपुगे एनपीएल हेर्न विश्व चर्चित क्रिकेटर लारा

  • काठमाडौं । विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । उनी आज बिहान आइपुगेका हुन् । क्यान पदाधिकारी उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

    images
    images
    images

    काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल हेर्न उनी नेपाल आइपुगेका हुन् । वेस्ट इण्डिजका क्रिकेटर लारा टेस्ट क्रिकेटमा सर्वाधिक चर्चित छन् ।

    टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट चार सय रन बनाउने उनी एक्ला खेलाडी हुन् । ५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाउन सफल भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij