
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज (मंगलबार) बस्दै छ ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो ४ बजे सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij