
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नाबालिका बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्वनगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
बिर्तामोडकी नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी परेपरेछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij