
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । लक्ष्मी सन्राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।
काठमाडौं महानगरपालिका वडा न.२२ स्थित न्युरोडमा रहेका दुई शाखाहरुमध्ये एउटा शाखा ललितपुर महानगरपालिका-१४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको छ ।
स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij