
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सपथ ग्रहण गर्दागर्दै एकजना नवनिर्वाचित वडा अध्यक्ष पक्राउ परेका छन् । हत्या आरोपमा सप्तरीका नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका हुन ।
डाक्नेश्वरी नगरपालिका–१, सप्तरीका नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई प्रहरीले सपथ ग्रहण समारोहवाट पक्राउ गरेको हो ।
उनी गत मंसीर १६ गते भएको स्थानिय तहको उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनलाई कर्तव्य ज्यान मुद्दामा नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij