
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा खबरदारी सभा आयोजना गरेको छ ।
सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयमा बयान दिन पुगेका पार्टी सभापति रवि लामिछानेको बयान सकिएसँगै बिहीबार बिहान पोखरा लगिएको विरोधमा रास्वपाले खबरदारी सभा गरेको हो ।
रास्वपाले रविलाई रातारात पोखरा लैजानु मानव अधिकार विपरित भएको जनाएको छ । बुधबार चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा दुवैतर्फ केही घाइते भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij