
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं। कोरोनाको कारण देशमा लकडाउन भएसँगै कयौं मजदूरको रोजीरोटी खोसिएको छ । 'काम गरूँ काम छैन, काम नगरेपछि कसरी हातमुख जोड्ने ?' यस्तै पिडाँ बोकेको रोल्पा घर भई हाल ललितपुर लेले बस्ने २७ वर्षीया सुनिता पुनमगर भोक सहनै नसकेपछि आफ्ना ३ महिने जुम्ल्याहा छोराछोरी बोकेर गाउँमा खानेकुरा मागेर गुजारा चलाउँदै आएकी छिन् ।
१५ वर्षदेखि लेलेको इँटाभट्टामा ज्यालादारी काम गर्दै, त्यसकै परिसरमा बस्दै आएका उनी र श्रीमान् दुवैको रोजगारी खोसिएपछि गुजारा गर्न धौधौ परेको छ । उनी भन्छिन्, ‘लकडाउन खुले पनि भट्टा खुलेन । श्रीमान् मजदुरीको काम खोज्दै हिँड्नुभएको छ तर काम पाइँदैन । काखे बच्चा छन्, खानै नपाएर मरिएलाजस्तो भइसक्यो।’
कोरोना संक्रमण जोखिमका कारण गत चैतमा गरिएको लकडाउनसँगै इँटा उद्योगहरू बन्द हुँदा सुनिताजस्ता धेरै मजदुर परिवारको बिजोग छ । अहिले सुनिताजस्ता पीडित मजदूरहरूले रोगको डर भन्दा पनि भोकको डर रहेको बताउँदै आएका छन् । त्यसो त यसको पक्षमा सरकारको ध्यान नगएको नै हो । सरकारले मजदुरकोे लागि कुनै कदम नचालेको देखिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij