
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल प्रियिमर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले चौथो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्ल ३८ रनमा आउट भएका हुन् । उनले २३ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
उनलाई पोखराका सागर ढकालले आउट गरेका हुन् । यसअघि लुक बेन्केनस्टाइनले १६, हसन इसाखिल १४, र दीपक बोहरा २ रन बनाएर आउट भएका थिए ।
टस जितेर पोखराले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij