Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

दर्शकहरूको भागदौड हुँदा ५६ जनाको मृत्यु

दर्शकहरूको भागदौड हुँदा ५६ जनाको मृत्यु

  • काठमाडौं । अफ्रिकी देश गिनीको दोस्रो ठूलो सहर जेरेकोरमा फुटबल खेलका क्रममा भागदौड हुँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ । तर, धेरैले मृत्यु हुनेको संख्या १०० हुन सक्ने अनुमान गरेका छन् ।

    images
    images
    images

    केही रिपोर्टहरूका अनुसार यो घटना रेफ्रीको निर्णय पछि भएको हो । पाहुना टोली लाबेका दुई खेलाडीलाई रेफ्रीले रातो कार्ड देखाएर मैदान बाहिर पठाउँदै पेनाल्टी किक दिएका थिए ।

    गिनीका प्रधानमन्त्री ओरी बाहले घटनालाई ‘दुःखद’ भनेका छन् । उनले घटनामा जिम्मेवार व्यक्तिको पहिचान गर्ने घोषणा गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार रेफ्रीसँग आक्रोशित आगन्तुक टोली लाबेका समर्थकहरूले मैदानतर्फ ढुङ्गा हानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

    जेरेकोरका एक स्थानीय पत्रकार पल साकोभोगीले बीबीसीलाई भने: “रङ्गशालामा ठूलो भीड थियो । त्यहाँबाट बाहिर निस्कने एउटै बाटो थियो । केही मानिसहरू बाहिर निस्कन पर्खालमा चढे । पर्खाल चढ्न नसकेकाहरू भित्ताबाट जमिनमा खसे ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij