
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । सहकारी ठगी मुद्दामा बयानका निम्ति पोखराबाट झिकाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि सकिएन ।
कामपा- १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा आरोपित लामिछानेलाई बिहीबार बयानका निम्ति पोखराबाट काठमाडौं ल्याइएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई काठमाडौं पठाएको थिए ।
भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिएका उनलाई शुक्रबार बिहानैदेखि जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा बयानका निम्ति पठाइएको थियो । त्यही बिहानबाट बयान शुरू भयो । आज दोस्रो दिनको बयान चलिरहेको छ, तर सकिने सम्भावना छैन ।
भोलि बयान सकिए भोलि नै उनलाई पोखरा पठाइने काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।
‘बयान सकियो भने उहाँलाई काठमाडौंमा राख्नुपर्ने काम तत्काल छैन, त्यसैले सकिनासाथ हामी पोखरा पठाइदिन्छौ’, उनले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij