
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाको रिक्त उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना सोमबार मात्रै हुने भएको छ ।
वडा नम्बर ९ को मतपेटिका गणनास्थल ल्याउन ढिला हुने भएकोले मतगणना सुरु हुने सम्भावना छैन ।
उक्त वडाका मतपत्र हिँडेर ल्याउँदा दुई दिन लाग्नेछ । हेलिकोप्टरको व्यवस्था नभएका कारण खसेको मतपेटिका ढिलोगरी मात्र ल्याइने हुँदा सोमबारबाट मात्र गणना हुने जनाइएको छ ।
गौरीशंकरको उपाध्यक्षका लागि दलगत र स्वतन्त्र गरी १६ जनाको मनोनयन दर्ता भएको थियो । अरु स्थानीय तहको मतगणना भने आइतबारदेखि नै सुरु हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij