Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कीर्तिपुर र काठमाडौं १६ मा १२,२४८ मत खस्यो

कीर्तिपुर र काठमाडौं १६ मा १२,२४८ मत खस्यो

  • काठमाडौं । काठमाडौं महानगरपालिका-१६ र कीर्तिपुर नगरपालिकामा आज बिहान ११ः०० बजेसम्म कूल २४.२० प्रतिशत मत खसेको छ । प्रशासनलाई प्राप्त विवरणअनुसार, कीर्तिपुरमा ८,१८३ (२६.७३ प्रतिशत) र काठमाडौं -१६ मा ४,०६५ (१९.३ प्रतिशत) मत खसेको छ।

    images
    images
    images

    कीर्तिपुरमा २० र काठमाडौं -१६ मा १० गरी ३० वटा मतदान स्थलका ६२ वटा मतदान केन्द्र सक्रिय छन् । यी केन्द्रहरूबाट हालसम्म मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।

    कीर्तिपुरमा ३१,११२ जना र काठमाडौं -१६ मा २१,०२५ जना मतदाता रहेकोमा अहिले सम्म कूल १२,२४८ मत खसेको छ । मतदान उत्साहजनक रूपमा अघि बढिरहेको छ र खसेको मतको प्रतिशत आगामी घण्टामा अझै बढ्ने अनुमान गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij