
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । गत आवमा बैंकले ७ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश दिएको थियो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij