
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको मेयरमा पदका दुई उम्मेदवारसहित ६ जनालाई स्पष्टीकरण सोधेको छ ।
प्रचारप्रसारको क्रममा अनुगमन गर्दा आचारसंहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
स्पष्टीकरण सोधिनेमा कीर्तिपुरमा माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जन, काठमाडौं महानगर-१६ का उम्मेदवारहरु कामीनबहादुर मानन्धर, सम शाक्य, रोजिना श्रेष्ठ र पशुपति कठायत छन् ।
रिक्त रहेका स्थानीय तहको विभिन्न पदका लागि आइतबार मतदान हुँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij