
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । ३ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
रा १ ख १३८२ नम्बरको बस घोराही-तुलसीपुर सड़क अन्तर्गत तुलसीपुर बिजौरीको डाँडागाउँनजिकै दुर्घटना हुँदा बसमा सवार २१ जना यात्रु घाइते भएको प्रहरी चौकी हेमन्तपुरले बताएको छ ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिए ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस चालक घोराही-१० का मनोज चौधरी फरार छन । बस सडकदेखि तीन मिटर तल खसेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij