
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।
मंगलबार प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी १ हजार ८ सय ३० रुपैँयामा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij