
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । एसिसी यु–१९ एसिया कपका खेल्न युएई जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेपाली टोलीलाई बिदाइ गरेको हो । एसिसी यु–१९ एसिया कप शुक्रबारदेखि सुरु हुने छ ।
क्यानले हेमन्त धामीको कप्तानीमा अन्तिम टोली घोषणा गरिसकेको छ । एसिया कप मंसिर १४ देखि २३ गतेसम्म युएईमा हुँदैछ । नेपाल रहेको समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।
नेपालले मंसिर १४ गते श्रीलंकासँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ भने मंसिर १६ मा बंगलादेश र १८ गते अफगानिस्तानसँग खेल्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij