
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार ६ सय रूपैयाँले घटेको हो । मंगलबार सुन तोलाको १ लाख ४८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २५ रूपैयाँले घटेर १ हजार ८ सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij