Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नेप्सेमा १५ अंकको वृद्धि

नेप्सेमा १५ अंकको वृद्धि

  • काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १५.८३ अंकले बढेर दुई हजार ६ सय ८३ दशमलव २४ विन्दुमा बन्द भएको हो ।

    images
    images
    images

    नेप्सेका अनुसार आज ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा १६९ कम्पनीको शेयरमूल्य बढ्दा ६७ को घट्यो भने ९ कम्पनीको स्थिर रहेको छ ।

    पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ । बेष्ट फाइनान्स कम्पनी, सुपर मादी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।

    आजको कारोबारमा ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ४९४.१० रुपैयाँमा झरेको छ । यसै कम्पनीको आज सर्वाधिक कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij