
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई जरिवानाको चिट्ठी इमेल र हुलाकमार्फत पत्र पठाएको छ । आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र पठाएको हो ।
नेकपा एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्ने क्रममा सडक र पेटीमा फोहर गरेको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना गरेको थियो ।
आइतबार काठमाडौं महानगरको टोली एक लाख जरिवाना गरिएको पत्र लिएर च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेकोमा एमालेले उक्त पत्र लिन इन्कार गरेको थियो ।
एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिट्ठी बुझ्न अस्वीकार गरेपछि सोमबार बिहान हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाइएको काठमाडौं महानगर प्रहरी बल प्रमुख एसएसपी राजुनाथ पाण्डेले बताए । अधिकारीले एमाले केन्द्रीय कार्यालय कार्यक्रम आयोजक नभएकाले आयोजकलाई नै पत्र दिनु भन्दै फिर्ता पठाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij