
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै उनले जिम्मेवारी सम्हालेको पाँच महिनामै राजीनामा गरेका हुन् ।
नेपाल प्रेससँग कुरा गर्दै अधिकारीले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बताए । उनी विगतमा नेपाल सरकारका सचिव थिए । शिक्षा मन्त्रालयको सचिवबाट रिटायर्ड भएपछि उनलाई संसद सचिवालयमा ल्याएर प्रतिनिधि सभाको सचिव नियुक्त गरिएको थियो ।
उमेर हदका हिसाबले अधिकारीको दुई वर्ष सेवा अवधि बाँकी थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij