Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

एमाले तेह्रथुममा ओली पक्ष पराजित

एमाले तेह्रथुममा ओली पक्ष पराजित

  • काठमाडौं । नेकपा (एमाले) तेह्रथुमको १२ औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष पराजित भएको छ ।

    images
    images
    images

    बिहीबार भएको निर्वाचनमा अध्यक्षमा दसबुँदे समूहका शिव ढुंगानामा २३६ मतसहित निर्वाचित भए । अध्यक्षका प्रत्यासी गोविन्दराज श्रेष्ठले २०४ मत ल्याए । 

    अध्यक्षमा निर्वाचन भएका ढुंगानमा पूर्वजिल्ला समन्वय समितिका प्रमुख हुन् । उपाध्यक्ष सन्तोष तिगेला सर्वसम्मत भए। उनी पनि दसबुँदे समूहकै हुन् ।

    सचिव तारा मादेन २२८ मतसहित निर्वाचित भए । उनी अध्यक्ष ओली पक्षका हुन् । उनका प्रत्यासी छत्रप्रसाद रिमालले २०२ मत ल्याए ।

    पुरूष उपसचिवमा दसबुँदे समूहकै यादव खापुङ २२० मतसहित निर्वाचित भए । प्रत्यासी अर्जुन ढुंगानाले २०८ मत ल्याए ।महिला उपसचिव तारा ढकाल १७५ मतसहित निर्वाचित भइन् । उनी अध्यक्ष ओली पक्षकी हुन् ।

    दसबुँदे समूहकी खड्काले १६५ मत ल्याइन् । उपसचिवमै उम्मेदवार बनेकी तारा कार्कीले ७८ मत ल्याइन् ।

    मंसिर ४ गतदेखि सुरू भएको अधिवेशनले ८९ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij