
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । आज दरबारमार्गमा हुने जागरणसभाका लागि नेकपा (एमाले)ले र्याली सुरु गरेको छ ।
छ ।
जागरणसभाका लागि शुक्रबार मध्यान्ह १२ भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । ‘शक्ति प्रदर्शन’मा काठमाडौं, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी एमालेकाे छ ।
एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभाको कार्यक्रम हुँदैछ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij