
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । यो विधेयक बिहीबार पेस भएको हो ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, ‘यो प्रतिबन्ध एक्स, टिकटक, फेसबुक र इन्स्टाग्राममा हुनेछ । यो सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई बचाउनको लागि हो ।’
अष्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धको लागि एक रूपरेखा प्रदान गर्नेछ । यो १७ पृष्ठको विधेयक अर्को हप्ता अष्ट्रेलियाको सिनेटमा पेश हुने बताइएको छ । अष्ट्रेलियामा धेरै अभिभावकहरूले यो पहललाई स्वागत गरेका छन् ।
तर, धेरै विज्ञहरूले यस विषयमा पनि प्रश्न उठाइरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij