
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । नेकपा एमालेले मंसिर ७ गते भृकुटीमण्डपमा गर्ने भनिएको सभा स्थल परिवर्तन गरेको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्ला कमिटीको आयोजनामा हुने सभा दरबारमार्गमा आयोजना गरिने एमालेले जनाएको छ । सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।
सभाअघि भद्रकालीबाट सुरु हुने र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गर्ने कार्यतालिका छ ।
सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij