Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दरबारमार्गमा एक लाख कार्यकर्ता उतार्ने एमालेको दाबी

दरबारमार्गमा एक लाख कार्यकर्ता उतार्ने एमालेको दाबी

  • काठमाडौं । यही शुक्रबार सत्तारुढ नेकपा एमालेले गर्न लागेको सभास्थल परिवर्तन भएको छ । एमाले बागमती इन्चार्ज डा.राजन भट्टराईले पहिले भृकुटीमण्डपमा गर्ने भनिएको सभास्थल परिवर्तन गरेर दरबारमार्गमा सारिएको जानकारी दिए ।

    images
    images
    images

    बुधबार सम्पादकहरूसँगको अन्तरसंवादका क्रममा उनले शुक्रबार दरबारमार्गमा शुभेच्छुक, समर्थक र कार्यकर्तासहित एक लाख मानिस उतार्ने जानकारी दिएका छन् ।

    भट्टराईका अनुसार बिहान ११ बजेर ३० मिनेटमा भद्रकालीबाट जुलुस सुरु गरेर न्यूरोड, वीर अस्पताल र रत्नपार्क हुँदै दरबारमार्गमा सभामा परिणत हुनेछ ।

    उनका अनुसार मध्यान्ह साढे १२ बजे उक्त सभालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij