
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन छिट्टै भारत भ्रमणमा आउँदैछन् । रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै रुसी टाइम्सको भारतीय सेवाले यो जानकारी दिएको हो ।
मितिबारे जानकारी नआएपनि छिट्टै घोषणा हुने निश्चित भएको छ ।
समाचार एजेन्सी एएनआईले पेस्कोभको एक भिडियो साझा गरेको छ जसमा उनले भनेका छन्, “मलाई आशा छ कि हामीले छिट्टै मिति तय गर्नेछौं । प्रधानमन्त्री मोदीको दुई रुस भ्रमणपछि हाम्रा राष्ट्रपतिले भारतको भ्रमण गर्नेछन् ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij