Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कीर्तिपुरका उम्मेदवार विरुद्ध कुनै पनि उजुरी परेन

कीर्तिपुरका उम्मेदवार विरुद्ध कुनै पनि उजुरी परेन

  •  काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाध्यक्षको उम्मेदवार विरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

    images
    images
    images

    २ मंसिर (हिजो) भएको उम्मेदवारको मनोनयन दर्ता विरुद्ध उजुरीका लागि आजका लागि समय तोकिएको थियो । दिउँसो ३ बजेसम्मका लागि तोकिएको समयावधिमा कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी गराइन् ।

    कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा दलगत ९ र स्वतन्त्र ११ जनाले उम्मेदवारी दिएका थिए । वडा नम्बर १ र २ गरी २२ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    दलगत रूपमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी, जनमत, जनता समाजवादी, नेपाल मजदुर किसान पार्टी र नेपाल समाजवादी पार्टीले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij