
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन इतिहासमा पहिलोपटक शतप्रतिशत भोट खसेर ५४ औं वार्षिक साधारण सभा तथा नयाँ कार्यकारणी समिति चयनका लागि भएको मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार जिल्ला नगर, एसोसिएट र वस्तुगत सबैतर्फ शतप्रतिशत भोट खसेको छ ।
महासंघको वस्तुगततर्फ १०१ मतदाता, जिल्लानगरतर्फ १०५ मतदाता तथा एशोसियटतर्फ ९०३ मतदाता रहेका थिए । सबै मतदाताले दिउँसो चार बजेभित्रै मतदान गरिसकेका छन् । मतगणना साँझ ६ बजेपछि कमलादीस्थित प्रज्ञा भवनमा हुने बताइएको छ ।
महासंघको चुनावका लागि जिल्ला र नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठान, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij