
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । गौशालाबाट अभियन्ता सुमन सायमिसहित ४ जनालाई पक्राउ परेको छ । काठमाडौँ महानगरपालिकाले अतिक्रमित संरचना हटाउनका लागि डोजर चलाउने क्रममा अवरोधको प्रयास भएपछि प्रहरीले शुक्रबार सायमिसहित ४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनीहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । काठमाडौँ महानगरपालिकाले अतिक्रमित संरचना हटाउन थालेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij