Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी डोजरसहित पशुपति गौशाला धर्मशालामा पुगेको छ । डोजरसहित २ घण्टा अघि गौशाला पुगेको नगरप्रहरीविरुद्ध माडवाडी सेवासमितिको साथै स्थानीयबासी सडकमा उत्रिएका छन् ।
माडवाडी सेवा समितिले सञ्चालन गर्दै आइरहेको गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरप्रहरी गौशाला पुगेको थियो । तर स्थानीयबासी र माडवाडीहरुले विरोध जनाएपछि आक्रोशपूर्ण माहोल बनेको छ ।
महानगरले डोजर चलाए ढुंगामुढा गर्ने स्थानीयहरुले चेतावनी दिएको छ । काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेपछि महानगरको टोली उक्त संरचना खाली गराउन पुगेको थियो ।
तर स्थानीय र माडवाडी समितिले अवरोध गरेको छ । यसअघि पशुपति विकास कोषले धर्मशाला सञ्चालन गराउने जिम्मा काठमाडौं महानगरपालिकालाई दिएको थियो । महानगरले त्यहाँ भएको संरचना हटाउन खोज्दा माडवाडीहरुले विरोध गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij