
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार वायु प्रदूषण थप बढेको छ । बिहीबारको तुलनामा आज वायु प्रदूषण बढेको हो ।
उपत्यकाका रत्नपार्क, खुमलटार, भक्तपुरलगायत स्थानमा शुक्रबार बिहान ११ः४५ बजे वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५२ देखि १६१ सम्म छ । वातावरण विभागको तथ्यांकअनुसार, पछिल्लो २४ घण्टामा यी स्थानको औसत एक्यूआई १५९ पुगेको थियो ।
शुक्रबार ११ः४५ बजे पीएम २.५ सबैभन्दा बढी ललितपुुरको खुमलटारमा ६४.६ छ । पीएम २.५ को मात्रा पाँच माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।
संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ ।
पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।
पाकिस्तान र भारतको वायु प्रदूषणको प्रभाव र स्थानीय चिसोका कारण नोभेम्बर पहिलो सातायता काठमाडौंसहित तराईका अधिकांश जिल्लामा वायु प्रदूषण बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij