
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी चितवन राइनोजले इङ्ल्यान्डका रवि बोपारालाई टिममा भित्र्याएको छ ।
३९ वर्षीय ब्याटिङ अलराउन्डर बोपाराले १३ टेस्ट खेलेका छन् । जसमा उनले ५७५ रन बनाएका छन् । त्यस्तै १२० ओडीआईमा २६९५ रन बनाएका छन् भने ३० टी २०आईमा ७११ रन जोडेका छन् ।
उनले टेस्टमा १, ओडीआईमा ४० र टी २०आईमा १६ विकेट लिएका छन् । उनले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग र इन्डियन प्रिमियर लिग पनि खेलिसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij