
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २२ सयले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको छ ।
यसअघि बुधबार सुन तोलाको एक लाख ६२ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर तोलाको १९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij