
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे फेरि उद्योगहरूको लाइन काट्ने चेतावनी दिएका छन् ।
बुधवार प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक घिसिङले हाललाई लाइन जोडिए पनि बक्यौता नतिरे फेरि काट्ने बताएका हुन् ।
उनले विद्युत् बक्यौता नउठे प्रक्रिया अनुसार अघि बढ्ने बताए । ‘अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।
’ कार्यकारी निर्देशक घिसिङले भने । आफूहरुले बनाएको बिल सही भएको भन्दै उनले १५ दिनभित्रै त्यो अनुसार तिर्नै पर्ने बताए । प्राधिकरणले बनाएको बिलमा राज्यका सबै निकायले सही भनेको पनि उनले बताए । कार्यकारी निर्देशक घिसिङले सरकारबाट पनि १५ दिनभित्र बक्यौता तिर्नेगरी हाललाई लाइन जोड्ने निर्देशन आएको खुलासा गरे । यसअघि किस्तामा रकम बुझाउँदा पनि लाइन जोड्ने गरेको भन्दै उनले करिब २८ वटा उद्योगले किस्ता पनि नबुझाएकाले लाइन काटेको स्पष्ट पारे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij