Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मौसम खुलेसँगै रविलाई पोखराबाट भैरहवा पठाइयो

मौसम खुलेसँगै रविलाई पोखराबाट भैरहवा पठाइयो

  • काठमाडौं । मौसम खुलेसँगै रास्वपाका सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा पठाइएको छ । बुद्ध एयरको जहाजमार्फत मंगलबार मध्याह्न उनलाई पोखराबाट भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 
    लामिछानेलाई  बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही पठाइएको हो । 
    यसैबीच रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ । गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । लामिछानेको  समर्थनमा रास्वपाले भैरहवामा प्रदर्शन थालिसकेको छ । 
    बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यसै विषयको बयानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो । कास्कीमा भने रविमाथि सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोप छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij