
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij