Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

शौचालयमा शिशु जन्माएर फरार महिला पक्राउ

शौचालयमा शिशु जन्माएर फरार महिला पक्राउ

  • काठमाडौं । झापाको हल्दिबारी –१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ  । सीसीटीभी फुटेजका आधारमा ती महिलाको पहिचान गरिएको हो । उनी बिर्तामोड –१० की भएको बताइएको छ । मृत शिशुको पोस्टमार्टम भई नसकेकाले ती महिलालाई प्रहरीले निगरानीमा राखेको छ । पोस्टमार्टम रिपोर्ट आइसकेपछि उनीमाथि कार्वाही गर्ने जनाइएको छ । सीसीटीभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको छ । शनिवार  दिउँसो २ः३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको थियो । ती महिला पेट दुखेर अस्पतालमा आएको र शौचालयभित्र शिशु जन्माएर फरार भएको पाइएको प्रहरीले जनाएको छ । ती महिलाको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको पाइएको छ । महिला तथा बालबाकासम्बन्धी कुरा भएकाले हाललाई पक्राउ परेकी महिलाको नाम नखुलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले बताउनुभयो । यो वैदेशिक रोजगारीका कारण समाजमा बढेको विकृतिकै एउटा रुप हो प्रहरी प्रवक्ता चन्दले भन्नुभयो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij