Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी पक्राउ

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी पक्राउ

  • काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमानमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनी आइतबार विराटनगरस्थित आफ्नै निवासबाटै पक्राउ पक्राउ परेका हुन् ।   

    images
    images
    images

    पूर्वआन्तरिक मामिलामन्त्री अधिकारी केही दिनअघि मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराएरै जापान गएका थिए । उनीसँगै तीनजना व्यक्ति पनि जापान गएका थिए । तर, जापानको अध्यागमनले उनीहरूलाई विमानस्थलबाट स्वदेश फर्काएको थियो । 

    मानव तस्करको योजनाअनुसार जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । अधिकारीलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बनसमेत गरेको थियो । 

    उनीसँगै जापान गएकाहरू यसअघि नै पक्राउ परिसकेका छन् । अधिकारीले भने आफूलाई फसाइएको दाबी गर्दै आएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij