
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज प्रतितोला पाँच सय रुपैयाँले मूल्य घटेको हो ।
मूल्य घटेसँगै आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बुधबारको तुलनामा बिहीबार तोलाकै ४ हजार रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार भने २ हजार रुपैयाँले बढेको थियो । यद्यपि, आइतबार पुनः मूल्य घटेको हो ।
सुनको मूल्य घट्दै गर्दा स्थानीय बजारमा चाँदीको मूल्य पनि घटेको छ । महासंघले जनाएअनुसार शुक्रबारको तुलनामा प्रतितोला २० रुपैयाँले घट्दै आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रुपैयाँ कायम भएको छ ।
अमेरिकी चुनावको नतिजासँगै सुनको मूल्यमा तिव्र उतारचढावको अवस्था देखिएको छ । जसको प्रभाव आगामी दिनमा पनि पर्ने निश्चित छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij