
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ हजार रूपैयाँले घटेको हो ।
बुधबार तोलाको १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार तोलाको १ लाख ६४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी तोलामा ५५ रूपैयाँले घटेर १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij