
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । लगातार बढेर नयाँ(नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य २८ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला २८ सय रुपैयाँले घटेर १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो ।
यसअघि, कात्तिक १५ गते छापावाल सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ कायम रहेको थियो । यो नै हालसम्मकै उच्च मूल्य हो । यता, आज चाँदीको भाउ पनि प्रतितोला ६० रुपैयाँले घटेर २ हजार ३० रुपैयाँ कायम भएको छ ।
यसअघि कात्तिक १५ गते चाँदीको भाउ प्रतितोला २ हजार ९० रुपैयाँ रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij