Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

धादिङमा माइक्रोबस दुर्घटना, ११ जना घाइते

धादिङमा माइक्रोबस दुर्घटना, ११ जना घाइते

दुई जनाको अवस्था गम्भीर

  •  मलेखु । काठमाडौंबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।

    images
    images
    images

    पारिवारिक भ्रमणमा निस्किएका यात्रु बोकेको बागमती प्रदेश ०१–०३०–च ७६५९ नम्बरको विद्युतीय माइक्रोबस धादिङको थाक्रे गाउँपालिका–६ स्थित १० किलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

    images

    घाइते सबैको महादेवबेसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु एउटै परिवारको रहेको बताइएको छ । दुर्घटनाको कारण तथा यात्रुको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij