
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । दाङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट रुकुम पश्चिमका लागि छुटेको माइक्रोबस तुलसीपुर–७ डाँडापातुमा अनियन्त्रित भएर सडक नजिकैको घरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइते हुनेमा चालक रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ का कुमार सन्यासी सहितसल्यानकी कल्पना चलाउने, उहाँकी ८ बर्षकी छोरी निर्मला चलाउने, बागचौर नगरपालिका–की सपना चलाउने, रणविर नेपाली र जाजरकोटको घरभई जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार दुर्गा बहादुर बिक रहेका प्रहरीले जनाएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij