
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
अघिल्लो दिनको मूल्य हालसम्मकै उच्च हो । त्यस्तै चाँदीको भाउ ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८० रहेको चाँदी यस दिन १९८५ रुपैयाँ पुगेको छ । चाँदीको यो भाउ हालसम्मकै उच्च हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij