
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । बीवाइडी (BYD) गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बाढीपहिरो प्रभावितका लागि ५१ लाख ५ रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले बाढीपहिरो प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँ जम्मा गरेको छ।
कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले विपद्मा परेकाहरुको राहतका लागि सहयोगी हात बनेको बताइन् । उनले भनिन्, 'हामीले आफ्नो दायित्व निभाएका हौं ।‘
कम्पनीले गत वर्ष जाजरकोटका भूकम्प पीडितका लागि ४७ लाख रुपैयाँ सहयोग गरेको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij