काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले अञ्जु श्रेष्ठलाई आफ्नो प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ ।
उनी नेपालको जनरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ बनेकी हुन् । उनले आधिकारिक रूपमा आजदेखि सीईओको भूमिकामा कामको थालनी गर्ने कम्पनीले बताएको छ ।