
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बा ४२ प ७९८३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तान्द्राङका ३४ वर्षीय टिकाराम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले बताए । दुर्घटनामा घाइते बनेका लामिछानेको उपचारको क्रममा गोरखा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार गोरखाबाट आँबुखैरेनीतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर सडकखण्डको छेउमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij