Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स !

लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स !

  • काठमाडौं । आफ्नो सेयरधनीहरुलाई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयर धनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    images
    images
    images

    कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १३ दशमलव ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ० दशमलव ७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयर धनीहरूले पाउनेछन् । सुनसरीको दुहबीमा प्रधान कार्यालय रहेको संस्थाको हाल चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij