
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा छापा हानेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवनमा अख्तियारको टोली केही बेरअघि पुगेको थियो । उक्त भवन निर्माणमा अर्बौंको भ्रष्टाचार भएको उजुरीको परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
अख्तियारले निर्माणसँग सम्बन्धित कागजपत्र र अनुसन्धानका लागि आवश्यक प्रमाण लिएर गएको छ । झण्डै ४ अर्ब लगानीमा बनाइएको यो भवनको ‘सी ब्लक’ निर्माणाधीन अवस्थामा एकापल्टि कोल्टिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij